काठमाडौं – चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताका पक्षमा बोल्ड निर्णय गरेको छ । अब २० युनिटसम्म बिजुली बाल्ने ग्राहकलाई निःशुल्क दिने निर्णय गरेको हो । देउवा सरकारको यो घोषणाले विरोधीहरु समेत प्रशंसा गर्न बाध्य हुने निश्चित छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरूलाई निःशुल्क हुने घोषणा गरिन् । यसअघि २० युनिटसम्म बिजुली निःशुल्क हुने योजना बजेटमा ल्याइएको थियो । त्यो प्रावधान कार्यान्वयन मंसिर १ गतेदेखि हुने भएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले डोमेस्टिक कन्जम घटेको महशुल र सिँचाइमा घटेको महशुल लागू हुने समेत बताइन् ।
मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताइन् । ‘आजसम्म नेपालीलाई चाहिने जलविद्युत्को पर्याप्त उत्पादन गरिसकेको छ,’ उनले भनिन्, ‘अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरू बढाउने रहेको छ ।’
मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारीसाधनले सहयोग गर्ने बताइन् । विद्युतीय सवारीसाधनले रोजगारीमा समेत सहयोग पुग्ने बताउँदै भुसालले विद्युतीय सवारीलाई बढावा दिन अब काठमाडौं उपत्यकाका सरकारी कार्यालय र उपत्यकामा चल्ने सबै सवारीसाधनहरू विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको बताएकी छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।