शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रधानमन्त्री र गृहमन्त्रीबीच बोलचाल बन्द, एउटा प्रहरी अफिसर बने कारण


  • बुधबार, कार्तिक १० २०७८
10K
SHARES

फाइल तस्विर

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडबीच बोलचाल बन्द भएको छ । एउटा प्रहरी अफिसरको सरुवाको विषयमा प्रधानमन्त्री देउवाले हस्तक्षप गरेको भन्दै गृहमन्त्री खाँड रिसाएर बोलचाल बन्द गरेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहलाई त्यहाँबाट हटाउने निर्णय मन्त्री खाँडले निर्णय गरेका थिए । मन्त्रालयले सुदीप गिरीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरे पनि सो निर्णय कार्यान्वयन नगर्न देउवाले निर्देशन दिएपछि लफडा भएको हो ।

काँग्रेसभित्रको शक्तिकेन्द्रको स्वार्थ बाझिँदा निर्णय कार्यान्वयनमा समस्या देखिएको गृह प्रशासनका एक जना उच्च अधिकारीले बताए ।

सिंह २०७७ मंसिर ५ मा काठमाडौं प्रहरी प्रमुख बनेका थिए । मंगलबार साँझ गृहमन्त्री बालकृष्ण खाणले सिंहलाई हटाएर गिरीलाई पठाउने निर्णय गरेका थिए ।

तर, निर्णय भएको थाहा पाएपछि अशोक सिंहले आफूलाई हटाउने निर्णय कार्यान्वयन नगर्न माग राख्दै शक्तिकेन्द्रमा दौडेपछि गृहमन्त्री पछि हटेका छन् ।

‘एसएसपी सरुवाको निर्णय गोप्य राखिएको छ’ गृह मन्त्रालयका एकजना उच्च अधिकृतले भने–‘सो निर्णय कार्यान्वयन हुन गाह्रो छ ।’ सिंहलाई भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिए पनि उनले डीआईजी बढुवा अघि आफूलाई काठमाडौंमा राखिदिन मन्त्रीलाई दबाब दिएका छन् ।

सुदूरपश्चिमका नेतामार्फत राति नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेर उनले सरुवा रोकाएको काँग्रेस वृतमा चर्चा छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत एसएसपी गिरी पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीका छोरा हुन् । निर्मला पन्त प्रकरणमा अनुसन्धान गरेका गिरीले प्रहरी उपरीक्षक (एसपी) हुँदा पर्साको कमाण्ड गरेका थिए ।

यसबारे जिज्ञासा राख्दा गृहमन्त्री बालकृष्ण खाणले काठमाडौंका प्रहरी प्रमुख फेर्नेबारे कुनै निर्णय नभएको स्पष्ट पारे । धनुषा र सर्लाहीका भने प्रहरी प्रमुखहरु फेरिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा