शनिबार, साउन ९ २०८३
ताजा अपडेट

विश्वासको मत पाउने आधार नभएपछि पदबाट राजीनामा दिँदै मुख्यमन्त्री शाक्य


  • बुधबार, कार्तिक १० २०७८
9.1K
SHARES

अष्टलक्ष्मी शाक्य

वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिइ राजीनामा दिनुहुने भएको छ । पूर्वनिर्धारित तालिका अनुसार आजको प्रदेशसभा बैठक मार्फत उहाँले विश्वासको मत लिने तयारी थियो । तर उहाँले त्यसअघि नै राजीनामा दिनुहुने भएको हो ।

उहाँले विश्वासको मत लिने आधार नभएपछि राजीनामा दिन लाग्नु भएको स्रोतले बताएको छ ।

वाग्मती प्रदेशमा १०९ सांसद रहेका छन् । मुख्यमन्त्रीमा कायमै रहन शाक्यलाई ५५ सांसदको आवश्यकता रहेको छ । तर अहिले नेकपा एमालेसँग ४३ सांसद रहेका छन् । यदी अन्य दलबाट शाक्यलाई साथ नरको अवस्थामा मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने अवस्था रहेको छैन ।

भदौ ३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी शाक्यले एक महिना भित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा