शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओलीको नाम १ नम्बरको गफाडी प्रधानमन्त्री भनेर गिनिज बुकमा लेखिन्छ : माधव नेपाल


  • बुधबार, कार्तिक १० २०७८
9.1K
SHARES

फाईल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा १ नम्बरको गफाडी प्रधानमन्त्री भनेर लेखिने बताएका छन् ।

मंगलबार सर्लाहीको हरिवनमा आयोजित कार्यक्रममा उनले काम केही नगर्ने, झूठा बोल्ने र हसाउने काम गर्ने भन्दै गिनिज बुकमा ओलीको नाम नेपालको १ नम्बरको गफाडी प्रधानमन्त्री भनेर लेखिने बताए ।

उनलेभ भने, ‘गिनिज बुकमा ओलीको नाम ‘गफाडी प्रधानमन्त्री नम्बर एक’ भनेर लेखिन्छ ।’

यसअघि अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका कामले नै गिनिज बुकको आधा भाग भरिने दावी गरेका थिए । ओलीको त्यहीँ बोलीको काउन्टर गर्दै नेपालले ओलीलाई गफाडी प्रधानमन्त्रीको संज्ञा दिए ।

अध्यक्ष नेपालले एमालेमा विद्रोह गरेर निस्केपछि देशमा विद्रोहको राँको बालेको पनि दावी गरे । अहिले त्यहीँ राँको लिएर लिएर देश दौडाहामा लागेको पनि उनले बताए।

अहिले नेपालको राजनीतिक इतिहासमा विद्रोहको झिल्को बलेको उनको भनाइ छ। उनका अनुसार कम्युनिष्ट आन्दोलनको शिर ठाडो पारेर समाजवादी अगाडि बढेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा