टिकटकमा भाइरल भिडियो के हो, कहाँ हो म यहाँ चोकतिर यार, चोकतिर, चोकतिर केटा हो, चोकतिर म ’ भन्ने भिडियो अहिले धेरैले मन पराएका छन् । मान्छेले यति धेरै मन पराए, त्यसमा आफ्नो भिडिओ बनाएर टिकटकमा पोस्ट गर्नेहरूको भिड दिनानुदिन बढेको छ ।
चितवन, गड्यौलीका २० वर्षीय मानबहादुर तामाङले मोबाइलको सेल्फी भिडियोमा स्वतःस्फूर्त रुपले चोकतिर यार चोकतिर केटा हो भन्ने भिडियो भाइरल बनेको हो ।
टिकटक हुँदै फेसबुक र ट्वीटर प्रयोगकर्ताले पनि उनको बोलीको त्यो अंशलाई रमाइलो ढंगले प्रस्तुत गरिरहेका छन्। त्यसमा प्रशस्त मिम बनिरहेका छन्। केही सेकेन्डको त्यो भिडिओ टिकटकमा मात्रै २७ लाख भन्दा बढीले हेरेका छन्।
मानबहादुर पूर्व(पश्चिम राजमार्गसँग जोडिएको गड्यौली क्षेत्रमा ज्यालादारी काम गर्छन्। भर्चुअल संसारबाट परै रहेका मानबहादुर स्थानीय शिक्षक गणेश लामासँग नजिकिन्थे। गणेशले नै उनको भिडिओ हालेका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।