संविधानविद् डा. भिमार्जुन आचार्यले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा न्यायालयमा देखिएका बेथिति सुधार गर्न असफल भएकाले राजीनामा दिनु अहिलेको उपयुक्त विकल्प भएको बताएका छन् ।
एक रेडियो सँग कुराकानी गर्दै संविधानविद् डा. आचार्यले अहिलेको परिस्थितिले केही समय टकराब उत्पन्न गरेपनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनु पर्ने बताएका हुन् ।
अहिले संविधानले न्यायालयलाई स्वतन्त्रता दिए पनि व्यवहारमा स्वतन्त्र हुन नसकेको र प्रधानन्यायाधीशले आफैले गरेका थुप्रै सुधारका प्रतिबद्धताहरु कार्यान्वयन गर्न नसकेकाले असफल भएको आचार्यको टिप्पणी छ ।
पछिल्लो समय सरकार सञ्चालनमा भाग खोजेकोलगायतका विषयलाई मात्रै जोडेर प्रधानन्यायाधीशमाथि प्रश्न उठेको नभइ करिब ३ वर्षको अवधि काम गर्ने अवसर पाउँदा पनि जबराले काम गर्न नसकेकाले आलोचना भएको आचार्यको भनाइ छ ।
संवैधानिक इजलासमा रहेका न्यायाधीशहरुले पनि राजीनामा दिनु पर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्क उचित नभएको पनि आचार्यले बताए । न्यायिक नेतृत्वको आचरण असल भए न्यायालय पनि राम्रो हुने भएकाले जबराको राजीनामाबाटै शुद्धीकरणको थालनी गर्नु पर्ने उनको जोड छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।