नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउन सक्ने प्रशस्त आधार र कारण बनेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महाभियोग नै लगाउने भए नेकपा (एमाले)सहितको दलले निर्णय गर्नुपर्नेमा जोड दिए ।
न्यायालयमा प्रधानन्यायाधीश र बाँकी न्यायाधीशहरुबीच द्वन्द्व चल्नु विडम्बनाको अवस्था भएको उनले बताए । आफ्नो पार्टीमा प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनेबारे अहिले कुनै छलफल नभएको उनले जानकारी दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो पार्टीले अहिलेसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको स्पष्ट पारे ।
यस्तै, नेकपा (एमाले)का स्थायी कमिटी सदस्य केशव बडालले आफ्नो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने पक्षमा नभएको स्पष्ट पारे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।