शनिबार, साउन ३० २०८३
ताजा अपडेट

पूर्व प्रधानन्यायाधीश हरूलाई काउन्टर, न्यायाधीश समाज उत्रियो चोलेन्द्रको पक्षमा


  • मंगलबार, कार्तिक ९ २०७८
8.2K
SHARES

फाईल तस्बिर

न्यायाधीश समाज नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको प्रतिरक्षा गरेको छ ।

अदालतमाथि उठेका प्रश्नको दोषी राणा नभई राजनीतिक दलहरु भएको भन्दै समाजले राजनीति छिराउन पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरुले नै भूमिका खेलेको उल्लेख गरे ।

आफै राजनीति छिराएर न्यायलय दूषित पार्ने र अहिले न्यायलय जोगाउन प्रधानन्यायाधीशको राजीनामा माग्नुको कुनै तुक नभएको उल्लेख गरेको छ ।

समाजले प्रधानन्यायाधीशको राजीनामा नभई न्यायलय जोगाउन राजनीति निषेध गर्नुपर्नेमा जोड दिएको छ । न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान चलाउन आवश्यक भइसकेको समाजको ठहर छ ।

न्यायालयमा राजनीति हुँदा अहिलेको अवस्था निम्तिएको निष्कर्ष निकाल्दै समाजले अब अदालतमा राजनीतिलाई निषेध गर्न अभियानै चलाउनुपर्नेमा जोड दिएको हो ।

समाजका उपाध्यक्ष बाबुराम रेग्मीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘न्याय परिषद्को संरचना निर्माणदेखि यसको काम कारवाहही, क्रियाकलाप तथा अदालत एवं मुद्दा व्यवस्थापनका विविध पक्षमा गरिएका प्रयोग र परीक्षणको चपेटामा न्यायपालिकालाई पारिएको छ, पार्न खोजिएको छ भन्ने हाम्रो दृष्टिकोण छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा