शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

भारतले नेपाललाई भुटानी ढाँचामा लैजान निरन्तर प्रयास गरिरहेको छ : रमेश खरेल


  • मंगलबार, कार्तिक ९ २०७८
10.1K
SHARES

पूर्व डिआइजी रमेश खरेलले नेपाललाई भुटानी ढाँचामा लैजान भारतले निरन्तर प्रयास गरिरहेको बताएका छन् । मंगलबार पूर्व सुरक्षाकर्मी परिषद्को एक कार्यक्रममा बोल्दै खरेलले भारतको सधैँ नेपाली जनताको सार्वभौमसत्तामाथि खेलिरहने मनसाय कायमै रहेको बताए । उनले भारतसंग मैत्रीपूर्ण संवादबाट समस्याको समाधान खोजिनुपर्ने बताए ।

राष्ट्रियता बचाई राख्न कुटनीतिक निकाय र गृह प्रशासन चनाखो हुनुपर्ने जनाउँदै उनले पूर्व सुरक्षा निकायमात्र नभई हरेक नेपालीमा राष्ट्रियता जाग्नुपर्ने बेलाई आईसकेको उनको धारणा रहेको छ । कहिले पनि कसैको गुलाम नभएको देशको राष्ट्रियता माथी कसैले सवाल उठाउँछ भने पूर्व सुरक्षाकर्मी कुनैपनि हालतमा चुप लागेर नबस्ने समेत उनको चेतावनी छ ।

नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सार्वभौमिकता माथिको प्रहार रोक्न सम्पूर्ण नेपाली एकजुट हुन आवश्यक रहेको पूर्व सुरक्षाकर्मी परिषद्को धारणा रहेको छ । परिषद्ले राष्ट्र र राष्ट्रियताको सुरक्षा गर्न आम नेपालीलाई एकजुट हुन आग्रह गरेको समेत गरेको छ । भारतीय पूर्व राजदूत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाडौं डिले’ मा ‘रिसेटिङ इण्डिया–नेपाल टाईज’ मा नेपाल र नेपालीको स्वाभिमान माथि गम्भीर आक्रमण भएको, नेपालको अहित हुनेगरी भारतले विगतमा नेपालविरुद्ध गरेका अक्षम्य अपराधहरूको भरण पोषण गरेको समेत परिषद्को आरोप छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा