प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कुनै पनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् । १५ जना न्यायाधीशहरुसँगको छलफलमा उनले यस्तो बताएको स्रोतले जानकारी दियो ।
“सडकबाट प्रश्न उठ्दैमा राजीनामा हुँदैन, त्यसरी राजीनामा दिने हो भने न्यायालय थप कमजोर हुन्छ,” उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “प्रश्न म माथिमात्रै होइन, अरु न्यायाधीशहरु र फैसलामाथि पनि उठेका छन्, सामूहिक राजीनामा दिने हो भने छलफल गरौँ ।”
उनले आफू संवैधानिकरुपमा नियुक्त भएको हुँदा संवैधानिक बाटोबाट मात्रै बाहिरिने बताएका थिए ।
“प्रश्न मेरो विषयमा मात्रै होइन, यहीँ रहनुहुने न्यायाधीशहरुका विषयमा पनि उठेका छन्,” राणाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।