एमाले अध्यक्ष केपी ओली भाषण गर्न माहिर नेताका रूपमा चिनिन्छन् । बाम गठबन्धन गरेर नेकपालाई मुलुकको सबैभन्दा ठुलो दल बनाएर दुई तिहाइ नजिकको सरकारको नेतृत्व गरेर सत्तामा सफर गरेका ओलीको सत्ता, नेकपा फुटमा पुगेर ढल्न पुग्यो ।
बाम गठबन्धनको बलमा चुनाव जितेर उदाएका थिए एमाले अध्यक्ष ओली । माओवादी केन्द्र र तत्कालीन एमाले पार्टी एक बनाएर चुनावमा होमिएर चुनाव सिंगोे पार्टीलाई दुई तिहाइ नजिक पुर्याएर प्रधानमन्त्री बनेका थिए ।
प्रधानमन्त्री भएको कार्यकाल पनि कामभन्दा बढी तामझाममा रमाउने मात्रै देखिन पुगेको जनकारहरू बताउँछन् । तत्कालीन प्रधानमन्त्री ओलीको कार्यकालको साढे तीन वर्षमा सरकारका कार्यक्रम जति प्रचारात्मक देखिए, त्यति परिणाममुखी पटक्कै नभएको राजनीतिका पण्डितहरू बताउने गर्छन् ।
ओलीले आफ्नू कार्यकालमा प्रतिनिधि सभा दुई दुई पटक विघटन गरे । प्रतिनिधिसभा विघटन पश्चात् प्रधानमन्त्री ओलीका भाषण प्रचण्ड र माधव नेपाललाई आलोचना गर्नमा समय खर्चिने गरेका छन् । काम गर्न नदिँदा नदिदै पनि प्रधानमन्त्री भएका बेला राम्रो काम गरेको दाबी गर्छन्।
ओली प्रचण्ड र माधवकुमार नेपालको निर्मम आलोचना हरेक आफ्ना भाषणमा गर्दै आएका छन् । प्रधानमन्त्री भएको बखतमा आफूले रामराज्य चलाएको दाबी गर्न ओली पछि परेका छैनन् ।
तर यथार्थ फरक छ । ओलीले देखाएका सपना जति थिए उनले उनको कार्यकालमा पुरा गर्न सकेनन् । रेल र पानी जहाजका कुरा हावादारी भाषणमा मात्रै सीमित हुन पुग्यो ।
अहिले ओली प्रमुख प्रतिपक्षी नेताको हैसियतमा झरेका छन् । उनको सत्ता ढलेर तत्कालीन नेकपा अस्तित्वमा छैन । एमाले र माओवादी केन्द्र अलग भएका छन् ।
ओली नेतृत्वको एमाले पनि माधव नेपाल नेतृत्वमा अलग भएर अक्रो पार्टी बनेको अवस्था छ । तर अझै ओली मेरो पालामा मैले सबैभन्दा राम्रो काम गरेको थिए भन्ने रटान लाउन छोडेका छैनन् ।
ओलीले राम्रो काम गरेको मान्ने हो भने तत्तकालिन ओली सरकारको कार्यसम्पादन मूल्याङ्कनको आधार तत्कालीन एमाले माओवादी केन्द्र गठबन्धनको चुनावी घोषणापत्र हो । तर त्यो घोषण पत्र अनुसार काम हुन नसकेको ओलीकै पार्टीका नेताहरू दाबी गर्छन् ।
तत्कालीन अवस्थामा ओलीद्वारा पटक पटक प्रस्फुटित केरुङबाट झर्ने रेल, हिन्द महासागरमा नेपाली राष्ट्रिय ध्वजा फहराउँदै चल्ने पानीजहाज, गङ्गा नदीसँग जोड्ने जलमार्ग ओलीका हावा भाषणमा मात्र सीमित भएको सर्वसाधारणको भनाई छ ।
ओली प्रधानमन्त्री भएका बखत ओलीले आफूले गरेका वाचा पुरा गर्न सकेनन् । विगतका ओलीका भाषण रेल र पानी जहाज घरघरमा पाइप लाइनबाट ग्यास पुर्याउने भाषण पत्याउने हो भने सबै हावादारी गफ भएको आभास जनताले गरेका छन् ।