शनिबार, साउन ३० २०८३
ताजा अपडेट

भारतले नेपाली भूमि मिचेको बिषयमा ओलीभन्दा झन् कडा बनेर निस्किए प्रचण्ड, मोदी नै झस्किनेगरी यतिसम्म भनिदिए !


  • मंगलबार, कार्तिक ९ २०७८
16.4K
SHARES

फाइल तस्विर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली भन्दा एक कदम अगाडी बढेर भारतले सिमा मिचेको बिषयमा बोलेका छन् । पछिल्लो समय उत्पन्न हुँदै आएको नेपाल–भारत सीमा विवादबारे उनले आफ्नो धारणा व्यक्त गरेका हुन् ।

सोमबार नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेले लेखेको पुस्तक ‘काठमाण्डू डिलेमा स् रिसेटिङ इन्डिया–नेपाल टाइज’ बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले ठूलो राष्ट्रको जमिन सानो राष्ट्रकोमा पस्यो भने फरक नपर्ने बताए ।

उनका अनुसार सानो राष्ट्रको जमिन ठूलो राष्ट्रकोमा पस्यो भने सानोको हालत खराब हुन्छ । ‘ठूलो राष्ट्रको जमिन पनि ठूलो नै छ । जनसंख्या पनि धेरै छ । त्यसो भएको हुनाले ठूलो राष्ट्रले सानो राष्ट्रलाई थोरै–थोरै जमिन सानोको उतापट्टी पस्यो भनेपनि खासै फरक पर्दैन,’ उनले भने, ‘सानो ठूलोकोमा पस्यो भने त हालत खराब हुन्छ नि सानोको त ।’

सीमा विषयमा भारतका नेतृत्वकर्ता र बुद्धिजीवीले बुझ्न जरुरी रहेको पनि प्रचण्डको भनाइ छ । उनले भने, ‘यो सेन्सिटिभीटिलाई पनि भारतीय नेतृत्व र बुद्धिजीवले गहिरो गरि समीक्षा गर्नुपर्दछ । त्यसो गर्दा हाम्रो सम्बन्ध ९सीमाना० का समस्या समाधान गर्न सक्छ । त्यसैले समाधान गर्न नसकिने छैन । हामी मिल्नुको विकल्प छैन । सिमानाका जे–जे हामीले पहिलेदेखि भनेका छौँ समस्याहरू छन् । ती संवादको तरिकाद्वारा, उदार मन लिएर समाधान गर्न नसकिने कुरा छैनन् ।’

अध्यक्ष प्रचण्डले गौतम बुद्ध भारतमा जन्मिएको भन्दा नराम्रा लाग्ने भन्दै बुद्ध नेपालमै जन्मिएको पनि बताएका छन् । तर, बुद्धले बुद्धत्व भने भारतको बोधगयामै पाएको प्रचण्डले सत्यता बताए ।

अध्यक्ष प्रचण्डले नेपालमा चलेको दस वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन भारत सकारात्मक रहेको तर, माओवादी ‘जनयुद्ध’मा भारतको कुनैपनि प्रकारको सहयोग नरहेको स्पष्ट पारे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा