शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

पर्याटन मन्त्री आले आक्रामक : अर्को एउटा कामले विपक्षीको सातो गयो, जनतामा खुशीयाली


  • सोमबार, कार्तिक ८ २०७८
10.9K
SHARES

फाइल तस्विर

काठमाडौँ – देउवा सरकारका संस्कृति, पर्यृटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ईतिहास रच्ने संकेत देखाएका छन् । उनले पछिल्लो समय गरेका कामले ब्याक टु ब्याक प्रशंसा र चर्चा कमाउन थालेका हुन् ।

यसैबीच, आलेको एक निर्देशनले कमाल गरेको छ । आलेको एक निर्देशनले नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु भएको हो ।

वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।

पहाडी जिल्लामा हवाइसेवा सुरु भएपछि यहाँका बासिन्दालाई राहत मिलेको छ । हवाइ भाडा सस्तो भएकाले नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ।

धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ भाडादर कायम गरिएको छ । धनगढीदेखि बझाङ तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ हवाई भाडादर कायम गरिएको प्रमुख भट्टले जानकारी दिए ।

धनगढीबाट पहाडी जिल्लामा निगमले हवाइ उडानका लागि तालिका सार्वजनिक गरिसकेको थियो । केहीदिन अघि मात्रै संस्कृति, पर्यृटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सुदुरपश्चिमका पहाडी क्षेत्रमा तत्काल हवाइजहाज संचालन गर्न निर्देशन दिएका थिए ।

केही दिन अघि उनले नेपाल वायु सेवा निगमलाई तत्काल ई–टिकटिङ लागू गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा आयोजना गरिएको मन्त्रालय एवं अन्तर्गतका निकायका प्रमुखहरूसँगको छलफल कार्यक्रममा मन्त्री आलेले यस्तो निर्देशन दिएका थिए । उनले नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू विद्युतीय माध्यमबाट प्रदान गर्ने व्यवस्था मिलाउनसमेत दिएका थिए ।

त्यसैगरी आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका कमी–कमजोरीलाई अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् । उनले फिल्डमै उत्रिएर एक्सन लिएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमनमा पुगेका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने बताएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा