शनिबार, साउन ३० २०८३
ताजा अपडेट

तपाईसँग ड्राइभिङ लाइसेन्स छैन् ? अब चिन्ता नलिनुहोस्


  • आइतबार, कार्तिक ७ २०७८
12.9K
SHARES

फाइल तस्विर

काठमाडौँ – तपाईसँग ड्राइभिङ लाइसेन्स छैन् ? अब चिन्ता नलिनुहोस्, तपाईका लागि खुशीको खबर छ ।

यातायात व्यवस्था विभागले यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाउँने भएको छ । विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खोल्न लागेको हो ।

दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ।

यही साताको शुक्रबारसम्म नयाँ आवदेन खुला गरिन लागेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए।

‘शुक्रबारसम्ममा नयाँ आवेदन फारम खुल्नेछ,’ महानिर्देशक घिमिरेले भने, ‘तर काठमाडौंमा नयाँ आवेदकहरूको ट्रायलको पालो पुसभन्दा अघि हुन सम्भव नहोला।’

उनका अनुसार यतिबेला पुरानै ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा हुँदैछ।

यसैबीच आवेदन भने लिएर राखिन लागेको हो। काठमाडौं जिल्ला बाहिर भने आवेदन लिएसँगै लिखित र ट्रायल पनि हुने सम्भावना उच्च छ।

विभागले यतिबेला ट्रायल पास भएकालाई परीक्षणकालीन लाइसेन्स दिइरहेको छ।

स्मार्ट लाइसेन्सको छपाइ भने अझै पनि सुस्त छ। हाल काम बन्द भए पनि स्मार्ट लाइसेन्स छपाइ कात्तिक अन्तिम सातादेखि अर्थात् तिहारपछि हुने विभागले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा