शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रचण्डलाई दुर्गा प्रसाईंको प्रश्न: १७ हजार मानिस किन मारेको ?


  • आइतबार, कार्तिक ७ २०७८
7.9K
SHARES

फाइल तस्विर

बिगतामा प्रचण्डलाई सबै भन्दा प्यारो भन्ने गरेका व्यवसायी दुर्गा प्रसाईँ एकाएक प्रचण्ड संग आगो हुदै नेकपा एमाले प्रवेश गरेका छन् ।

झापामा भएको एक कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् । बिगत समयमा दुर्गा प्रसाईँ प्रचण्डलाई आफ्नै बाउ भन्दा पनि नजिक भएको अभिब्यक्ति दिएर चर्चामा थिए । तर एकाएक प्रसाई एमालेमा प्रबेस गर्नुलाई अर्थ पुर्ण रुपमा सर्बसाधारणले लिएका छन् ।

“प्रचण्डप्रति मेरो भ्रम तोडियो,” पार्टी प्रवेश गर्ने कार्यक्रममा उनले भने, “हामीले यही दिन देख्न सैनिक हिरासत बसेका थियौँ ? यति नै गर्न थियो भने १७ हजार किन मारियो ? मैले यो प्रश्न प्रचण्ड र बाबुरामलाई सोध्न चाहन्छु । प्रचण्डसँग जवाफ माग्न सक्नुपर्छ ।” भन्ने अभिब्यक्ति सहित प्रसाईँ एमालेमा प्रबेस गरेका हुन ।

प्रसाईँ पूर्वाञ्चलको झापामा रहेको बीएण्डसी अस्पतालका संन्चालक हुँन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा