शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रदेश १ को संसद बैठक कात्तिक १५ गतेसम्म स्थगित, मुख्यमन्त्री आचार्यको सत्ता अझै केहीदिन लम्बिने


  • आइतबार, कार्तिक ७ २०७८
8.4K
SHARES

नेकपा एमाले सचिव भीम आचार्य

प्रदेश १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ। प्रदेश सभा सचिवालयले आइतबार दिउँसो सूचना टाँस गर्दै अर्को बैठक कात्तिक १५ गते बस्ने जानकारी दिएको छ।

आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावमाथि मतदान गर्ने कार्यसूची थियो। सत्तारूढ एमाले र विपक्षी दल नेपाली कांग्रेस दुबैले आजको बैठक स्थगित गर्न निवेदन दिएका थिए।

दलहरूको मागअनुसार बैठक सारिएको हो। बैठक सरेसँगै नेकपा एमाले विभाजनपछि प्रदेश सभामा बहुमत गुमाएमा मुख्यमन्त्री आचार्यको सत्ता अझै केहीदिन लम्बिने भएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा