शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

बाढी-पहिरोबाट १ अर्बको भौतिक संरचना क्षति, मृत्यु हुनेको संख्या ११७


  • आइतबार, कार्तिक ७ २०७८
7K
SHARES

संकेत तस्बिर

गत हप्ता बेमौसमी वर्षातसँगै मुलुकका विभिन्न भागमा आएको बाढी–पहिरोमा परेर मृत्यु हुनेको संख्या ११७ पुगेको छ । साथै अहिलेसम्म ३४ जनाको अवस्था रहेको छ ।

सो क्रममा प्राकृतिक प्रकोपका कारण घाइते भएका ३९ जनाको उपचार भइरहेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीको तथ्यांक अनुसार उक्त बाढी–पहिरोका कारण प्रदेश– १ मा ६९ जनाको मृत्यु भएको छ भने सुदूरपश्चिममा ३४ जनाले ज्यान गुमाएका छन् । यसैगरी कर्णाली प्रदेशमा ७ जना र लुम्बिनीमा ४ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी बेमौसमी वर्षातको बाढी–पहिरोका कारण सडक तथा पुलहरुमा १ अर्ब ५ करोड बराबरको क्षति भएको सडक विभागले जनाएको छ । विभागले प्रारम्भिक विवरण अनुसार कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले उक्त क्षति भएको जनाएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा