गत वैशाख १६ गतेबाट बन्द भएको लाइसेन्सको नयाँ आवेदन कार्तिक दोस्रो सातादेखि खुल्ला हुने भएको छ । करिब छ महिना बन्द भएको नयाँ आवेदन दोस्रो सातादेखि खुला गर्ने तयारी भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
कोरोना महामारी अघि सम्म नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक ८ हजार थियो । लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ । एक्कासि चाप बढ्न सक्ने भएकाले त्यसैअनुसार तयारी गरेर आवेदन खुलाउन लागेको विभागको भनाई छ ।
विभागले सवारीसाधन ईम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न राजपत्रमा सूचना प्रकाशन गर्न लागिएको समेत जनाएको छ । सवारी साधनको विवरण डिजिटल प्रणालीबाट राख्न ईम्बोस्ड नम्बर अनिवार्य गर्न लागिएको हो । विभागले २०७४ भदौ ५ गतेबाटै ईम्बोस्ड नम्बर सुरु गरेको थियो ।
विभागले सात लाख प्रति सवारी अनुमति पत्र भने अझै वितरण गर्न सकिरहेको छैन । सत लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कुरी रहेको अवस्था छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।