शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बीर अस्पतालबाट आयो योगेश भट्टराई बारे दुःखद खबर


  • शनिबार, कार्तिक ६ २०७८
15.3K
SHARES

फाईल तस्बिर

काठमाडौँ – नेकपा एमाले सचिव योगेश भट्टराई अस्पताल भर्ना भएको दोश्रो दिनपनि स्वास्थ्यमा सुधार भएको छैन् । उनको स्वास्थ्यमा अझै सुधार नआएको चिकत्सकले बताएका छन् ।

 

ज्वरोको मात्र स्थिर छ भने प्रेसर अत्याधिक कम छ । उनलाई किन ज्वरो आएको भनेर विभिन्न खालका परिक्षणहरु भइरहेकाले रिर्पोट नआउँदासम्म केही पनि भन्न नसकिने अस्पतालले जनाएको छ ।

 

प्रतिनिधिसभा सदस्यसमेत रहेका शुक्रबार दिउसो अस्पताल भर्ना भएका थिए ।

 

केही दिनदेखि उच्च ज्वरोका कारण उनी घरमै आराम गरिरहेका थिए । यद्यपि स्वास्थ्यमा समस्या कायमै रहेपछि उनी बीर अस्पतालमा भर्ना भएका थिए ।

 

उनका सहयोगी प्रेम गुरागाईँका अनुसार डाक्टरले ७ दिनसम्म भेटघाट बन्न गर्न सल्ला दिएका छन् । डाक्टरको सल्लाह अनुसार ७ दिनसम्म भेटघाट पूर्णरुपमा बन्द गरिएको उनको भनाई छ ।

 

साथै अस्पतालमा रहेको अवधिभर मोबाइल फोन समेत स्वीच अफ रहने बताइएको छ ।

 

उनी विरामी भएको समयमा नै एमालेमा फेरी लफडा सुरु भएको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार नभएपछि एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन समितिबाट राजीनामा दिएका छन् ।

 

उनले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको रावलको आरोप छ ।

 

‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने ।

 

उनले राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि बताए । स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा