शनिबार, साउन ९ २०८३
ताजा अपडेट

वडा नं ११ मा भट्टराई सहितको टिम सर्वसम्मत


  • शनिबार, कार्तिक ६ २०७८
18.5K
SHARES

काठमाडौँ । नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११ को नेतृत्वमा कृष्ण प्रसाद भट्टराई सहितको टिम सर्वसम्मत भएको छ । शनिबार भएको वडाको अधिवेशनले भट्टराईको नेतृत्वमा ३१ सदस्य कमिटी चयन गरेको हो ।

उपाध्यक्षमा प्रकाश कटुवाल, सचिवमा अङगुर पौडेल, उप–सचिवमा भोलानाथ दाहाल र अनिता सापकोटा नेपाल, सदस्यहरुमा गीता मिश्र पुडासैनी, महेश्वर खड्का, ज्ञान प्रसाद पोखरेल, भवानी भट्टराई देउवा, सरस्वती न्यौपाने, टेक बहादुर गुरुङ, रत्न नगर्जी दर्जी, होमनाथ खतिवडा, सुर्य बहादुर लामा, तेज कुमारी बोगटी, राजु पौडेल, विष्णुमाया खड्का, दिल बहादुर कार्की, रामकृष्ण मैनाली, गीता ज्ञवाली, रवी देवी गोदार, शुशिला सुनार, गोपाल मोक्तान, मन बहादुर प्रजी, समिर लामा, दिलिप राउत क्षेत्री, डिल्ली प्रसाद ओली, वर्षा सुनार, स्वस्तिका सुनार र महेश्वर केसी चयन भएका छन् ।
वडा अधिवेशनको विशेष अतिथिमा डा. राजन भट्टराईको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा बूढानीलण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, पार्टीका बागमती प्रदेश कमिटी सदस्य मिठाराम अधिकारी, बागमती प्रदेश कमिटी सदस्य संगम गहतराज, क्षेत्रीय संयोजक तेज ढकाल, निर्वाचन अध्यक्ष मण्डल मधु अधिकारी, भुमिदत्त पौडेल, राजु अधिकारी, ध्रुब घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

कपन स्थित कपन बंगलामुखी मन्दिर परिसर (कपन संगीत सरोबर) मा भएको वडा अधिवेशनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल्ली उद्घाटन गरेका थिए ।

बिहान ११ बजेदेखि सुरु भएको अधिवेशन कार्यक्रमलाई खुल्ला र बन्द सत्र गरी २ भागमा बाडिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा