शनिबार, साउन ३० २०८३
ताजा अपडेट

गजेन्द्र हमालका कारण गठबन्धनमा फेरी लफडा, देउवा–प्रचण्ड बोलचाल बन्द


  • शनिबार, कार्तिक ६ २०७८
16.1K
SHARES

फाइल तस्विर

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका तर्फबाट मन्त्री नियुक्त गैरसांसद गजेन्द्र हमालका कारण गठबन्धनमा लफडा सुरु भएको छ । हमालले राजीनामा दिएपछि रिक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो भागमा आउनपर्ने भन्दै दलहरूबीच फलडा भएको हो ।

 

सोही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच बोलचाल बन्द भएको छ । कांग्रेसको कोटाबाट मन्त्री बनेको भन्दाभन्दै राजीनामा दिन लगाएको भन्दै असन्तुष्ट बनेका प्रचण्डले उक्त मन्त्रालय अब आफूले पाउन पर्ने अडान राखेपछि देउवा पनि रिसाएका छन् ।

 

सार्वजनिक आलोचना चलेका बेला हमाल कांग्रेसको कोटाबाटै मन्त्री नियुक्त भएको भन्दै प्रतिरक्षा गरेका दाहालले रिक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने माग गरेका छन् । एकीकृत समाजवादीले पनि उक्त मन्त्रालयमा दाबी गरेको छ ।

 

प्रधानमन्त्री देउवाले भने पार्टीको आन्तरिक गुट व्यवस्थापनका लागि उक्त मन्त्रालय कांग्रेसकै भागमा राख्न चाहेका छन् । प्रधानन्यायाधीश जबराका जेठान हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ मा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका थिए ।

 

त्यसलाई लिएर सञ्चारमाध्यम, न्याय क्षेत्र र सामाजिक सञ्जालमा चर्को विरोध भएपछि दाहालले असोज २३ मा चितवन पुगेर हमाल कांग्रेसको कोटाबाट मन्त्री भएकाले अनावश्यक चर्चाको तुक नरहेको प्रतिक्रिया दिएका थिए । दाहालले सत्ता गठबन्धन दलको बैठकमा भने प्रतिनिधिसभामा सांसद संख्याका आधारमा उक्त मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा