शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

नेकपा एमाले बूढानीलण्ठ–११ को वडा अधिवेशनको तयारी पुरा


  • शुक्रबार, कार्तिक ५ २०७८
14.8K
SHARES

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११ को अधिवेशन शनिबार हुने भएको छ । अधिवेशनको तयारी पुरा भएको जनाइएको छ ।

वडा भित्र क्रियाशील १७५ जना पार्टी संगठित सदस्यहरुको लिस्टिंग गर्ने काम, स्वयंसेवक र पर्यवेक्षक छनोटको काम सकिएको युवा नेता प्रकाश कटुवालले केटिएम खबरलाई बताए ।

‘अधिवेशनबाट सर्वसहमतिका साथ वडा कमिटी चयन गर्नतर्फ लागिएको छ ।’ युवा नेता कटुवाल भन्छन्, ‘सर्वसहमतिका लागि लगभग अन्तिम सहमती जुटेको छ । वडा नम्वर ११ ले सहमतिका साथ वडा कमिटी पाउनेछ र पार्टीमा एकताको सन्देश दिने अपेक्षा राखेका छौँ ।’

पार्टी केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा हुने अधिवेशनको खुल्ला सत्रमा सहभागी हुन पार्टीका सुभेच्छुक, शुभचिन्तक र समर्थकहरुलाई निमन्त्रणा गरिएको छ ।

वडा अधिवेशन कपन बंगलामुखी मन्दिर परिसर (कपन संगीत सरोबर) मा बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा