नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वडा अधिवेशनले नेपालका प्रायः सबै भेगलाई तताएको छ । एमालेले आफ्नो सबैभन्दा तल्लो तहको कार्यकारी संरचनाको रुपमा रहेको वडा कमिटीको अधिवेशन देशैभर कार्तिक ६ गते गर्ने निर्णय दशैं अगाडि नै गरेपछि बिचमा आएको दर्शै सकिए लगत्तै राजनीतिक माहोल चलायमान बनेको छ ।
यसै बीचमा काठमाडौं जिल्लाको बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १२ मा पनि वडा अधिवेशनको सरगर्मी बढेको छ । वडा अध्यक्ष शम्भुप्रसाद भट्टराईका भाइ समेत रहेका हालका वडा कमिटी अध्यक्ष शंकरप्रसाद भट्टराईले अध्यक्षमा आफ्नो दाबी पेश गरिरहँदा राजेन्द्र गुरागाईं, राममणि आचार्य, राजु पुडासैनी लगायतले वडा अध्यक्षमा दाबी गरेको चर्चा वडामा चलिरहेकोमा पछिल्लो समय विष्णु भट्टराईले पनि अध्यक्षमा आफ्नो दाबी रहेको घोषणा गरेका छन् ।
युवा संघ कपन गाउँ कमिटीको सचिव, साविक कपन गा.वि.स. लगायतका गा.वि.स.हरु जोडेर नगरपालिका घोषणा भएसँगै बुढानीलकण्ठ नगरपालिका वडा नं. १४ कमिटी सदस्य, पुनः स्थानीय तह घोषणा हुँदा बुढानीलकण्ठ नगरपालिका वडा नंं १२ भएसँगै प्रभावशाली भूमिकाको वडा कमिटी सदस्य, २०७७ पुस ५ पछिको परिस्थितिमा नेकपा ओली समूहको वडा कमिटी सचिव हुँदै हाल नेकपा एमालेको वडा कमिटीको सचिवको भूमिका निर्वाह गरिसकेका भट्टराई कपन क्षेत्रमा मुखिया काकाको नामले परिचित छन् ।
त्यसभन्दा अघि सिन्धुपाल्चोकको सिन्धुकोट गाविसमा माओवादी द्वन्द्वकालमा नेकपा एमालेमा सक्रिय थोरै कार्यकर्तामध्ये एक रहेका भट्टराई बुनपा १२ को वडा कमिटीमा आफ्नो दाबी स्वाभाविक रहेकाले पछाडि हट्न नसक्ने बताउँछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।