शनिबार, साउन ९ २०८३
ताजा अपडेट

झाक्रीलाई ओलीले नै मन्त्री बनाएको खुलासा !


  • बिहिबार, कार्तिक ४ २०७८
12K
SHARES

फाईल तस्बिर

काठमाण्डाै । नेकपा (एकीकृत समाजवादी) की नेतृ एवं सहरी विकासमन्त्री रामकुमारी झाक्रीलाई मन्त्री बनाउने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको हात रहेको खुलासा भएको छ ।

 

झाक्री स्वंयमले आफू मन्त्री बन्नमा शतप्रतिशत एमाले अध्यक्ष ओलीको भूमिका रहेको बताएकी हुन् । पार्टी फुटाउन बाध्य बनाएर ओलीले यो अवसरको सिर्जना गरेको झाक्रीले बताइन् ।

 

‘तपाईंलाई मन्त्री बन्नमा केपी ओलीजीले प्रत्यक्ष या अप्रत्यक्षरुपमा भूमिका खेल्नुभयो भन्दा के फरक पर्छ ?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘शतप्रतिशत खेल्नुभयो । हाम्रो पार्टीको नेतृत्वमा रहदा हामीले समर्थन गर्दा पनि नीति नियम मिचेर यति गर्ने पात्र ओली नै हो ।’

 

संसद विघटनको विरोधदेखि माधव कुमार नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गर्दा झाक्री माधवकै पक्षमा उभिएकी थिइन् ।नेकपा एमाले फुटाउनमा उनको मेनरोल रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा