शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रधानन्यायाधीश चोलेन्द्र र प्रचण्डबीच भेटवार्ता, लिक भयो गोप्य सहमति


  • बिहिबार, कार्तिक ४ २०७८
8.7K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग गोप्यवार्त गरेका छन् । सत्तारुढ गठबन्धनका नेता प्रचण्डले बुधवार साँझ जवरासँग बालुवाटारस्थित सरकारी निवासमै भेटवार्ता गरेका हुन् ।

 

सुरक्षास्रोतले दिएको जानकारीअनुसार माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री निवास बालुवाटारबाट सोही कम्पाउण्डमै रहेको प्रधानन्यायाधीशको निवासमा छिरेका थिए ।

 

शीर्ष नेताको छलफलपछि प्रचण्ड एक्लै प्रधानन्यायाधीशको निवासमा गएको सुरक्षा श्रोतको भनाई छ ।

 

स्रोतका अनुसार प्रचण्ड कात्तिक १५ गते माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईबिरुद्ध बालुवाटार जग्गा प्रकरणमा हुने फैसलासहित सरकारले गर्ने सवै काममा न्यायालयको साथ चाहियो भन्दै प्रधानन्यायाधीश भेटन पुगेका हुन् ।

 

अदालतमा अहिले पनि सत्ता गठबन्धनसँग सम्बन्धित मुद्दाहरु विचाराधीन छन् । बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम गाँसिएको मुद्दाको फैसलाको मितिसमेत कात्तिक १५ गतेका लागि तोकिएको छ । सो मुद्दा राणा आफैंले हेरेका थिए ।

 

यस्तै माधव नेपालसहित १४ जना सांसदमाथिको कार्वाहीको विषयमा सभामुख विरुद्धको मुद्धा पनि विराधिन छ ।

 

अदालतको पमादेशबाट बर्तमान सरकार बनेको कारण यो सरकारले गर्ने हरेक कामलाई न्यायालयले आँखा चिम्लेर सहयोग गर्नुपर्ने र त्यसबापत आफूहरु प्रधानन्यायाधीश र न्यायाधीशहरुको विषयमा दह्रोसँग उभिने प्रस्ताव पनि प्रचण्डले राखेका थिए ।

 

प्रचण्ड संबैधानिक अंगका नियुक्तिसमेत खारेज गरेर आफ्ना मानिस भर्ना गर्ने अभियानमा छन् ।

 

प्रधानमन्त्री देउवाले संबैधानिक निकायका नियुक्ति फेरबदल गर्दा अदालतले खारेज गर्ने बताएपछि अदालत म मिलाउँछु भन्दै प्रचण्ड प्रधानन्यायाधीश निवास गएको स्रोतको भनाई छ ।
मोटिभेट न्युजबाट

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा