बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

प्रितिमा स्कूलकी छात्रा स्नेहाले ल्याइन ४ जिपिए


  • बिहिबार, असार १२ २०७६
53.1K
SHARES

१२ जेठ, काठमाडौँ ।
काठमाडौँको पेप्सिकोला फुटबल ग्राउण्डसंगै (पुरानो सिनामंगल) रहेको प्रितिमा स्कूलकी छात्रा स्नेहा देबले एसईईमा सर्वोत्कृष्ट जिपिए (४ जिपिए) ल्याएकी छिन् ।

प्रितिमा स्कूलबाट २८ जना विद्यार्थीहरु एईईमा सहभागि भएका थिए जस मध्यबाट स्नेहाले सर्वोत्कृष्ट जिपिए (४ जिपिए) ल्याएकी हुन । १५ जनाले ए प्लस, १० जनाले ए र ३ जनाले बि प्लस ग्रेड ल्याएका छन् ।

निजी विद्यालयहरुको राष्ट्रिय संगठन प्याब्सन काठमाडौँ नगरका अध्यक्ष समेत रहेका प्रितिमा स्कूलका संस्थापक प्रिन्सिपल मुरारी प्रकाश सञ्जेल भन्छन्, स्नेहा देबले एसईईमा सर्वोत्कृष्ट जिपिए (४ जिपिए) नतिजा ल्याएसंगै विद्यालयमा खुशीयाली छाएको छ । खुशीसंगै थप जिम्वेवारी थपिएको महशुस गरेको छु ।

आफ्नै भवनमा सञ्चालन रहेको प्रितिमा स्कूलले आफ्नो गौरवमय रजत जयन्ती (२५औँ वार्षिकोत्सव) मनाउँन सफल भएको छ । विद्यार्थीहरु विगत १७ बर्षदेखि एसएलसी तथा एसईई परिक्षामा सहभागि हुँदै आएका छन् । विद्यार्थीहरुले सधै उत्कृष्ट नै नतिजा ल्याउन सफल छन् । यसको विशेष श्रेय स्कूल टिम तथा विद्यार्थीहरुमा नै जान्छ प्रिन्सिपल सञ्जेल भन्छन् ।

यसवर्ष चार लाख ५० हजार २७५ जना विद्यार्थीहरु एसईई परीक्षामा सामेल भएको परीक्षा बोर्डले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा