एमालेभित्र १० बुँदे समझदारी गरेर अडिएको तेस्रो धारका नेतालाई लक्षित गरी एमाले अध्यक्ष केपी ओली कड्किए पछि भिम रावल लगायत नेता असन्तुष्ट बनेका छन् । दश बुधेको विवाद सतहमा देखिन थाले सँगै एमालेमा उपाध्यक्ष मिम रावल लगायतका नेता फाएर बनेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले बुधवार बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा १० बुँदेको एकतारे नबजाउन भनेपछि रावललगायत नेताहरूले असन्तुष्टि जनाएका हुन । उपाध्यक्ष रावलले पार्टीमा गरिएको १० बुँदे समझदारी पार्टी एकता बचाएर देशहितका लागि बजाइएको विगुल भएको बताएका छन्।
रावलले १० बुँदे सहमति एकतारे नभई पार्टी एकताका लागि बजाइएको ११ तारे विगुल भएको जवाफसमेत दिएका छन्।
‘१० बुँदे सहमति एकतारे होइन, पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ। सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ,’ ट्वीट गर्दै रावलले भनेका छन्।
अध्यक्ष ओलीले माधव नेपाल पार्टीमै बस्छन् भनेर त्यसबेला १० बुँदे गरिएको पनि बताएका थिए। नेता नेपालतिर रहेका एमालेका रावलसहित नेताहरू दश बुँदेलाई आधार देखाउँदै एमालेमै बसेका थिए।
नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए। रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायत १० जना नेता भने माधव नेपालले खोलेको नयाँ पार्टीमा नगई एमालेमै क्रियाशील रहेका थिए। ओली कड्किए पछि तेस्रो धारका नेताले असतुष्टी देखाएका छन् ।