शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अष्टलक्ष्मीले माधव नेपालको नाम लिए पछि आगो बने ओली, गरि दिए सधैको लागि ढोका बन्द !


  • बुधबार, कार्तिक ३ २०७८
13.2K
SHARES

फाइल तस्विर

एउटै मंचमा एउटै माइकबाट भाषण गरेका नेकपा एमालेका अध्यक्ष केपी अ‍ोली र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यकोे बोली बाझिएको छ ।

 

एमाले अध्यक्ष ओलीले माधव नेपालका लागी एमालेको ढोका सदाका लागी बन्द भएको घोषणा गरेका थिए भने शाक्यले प्रचण्ड र माधव नेपालको नाम नलिइ फेरी पनि बृहत कम्युनिष्ट एकता गरेर निर्वाचनमा जानु पर्ने बताएकी थिइन् ।

 

अध्यक्ष ओलीले एमालेको वडा देखी स्थानिय तह हुँदै केन्द्रिय महाधिवेशन सम्म तय भएकाले अब पार्टी अधिवेशनहरुमा होमिएको बताएक थिए भने शाक्यले तल्ला कमिटिका अधिवेशन महाधिवेशन भन्दा पनि महत्पुर्ण भएकाले हतार गर्न नहुने मत राखेकी थिइन् ।

 

आज नेकपा एमाले वाग्मती प्रदेश कमिटिको अधिवेशन आयोजक कमिटिको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा ओली र शाक्यको बोली बाझीएको हो । सोही कार्यक्रममा एमाले अध्यक्ष ओलीले आफुले चाहने हो भने एक हप्ता भित्र यो सरकार ढालिदिन सक्ने पनि बताएका थिए ।

 

बैठकलाई सम्बोधन गर्दै वाग्मती प्रदेशकी मुख्यमन्त्री समेत रहेकी एमाले उपाध्यक्ष शाक्यले भनिन् “एमाले फुट्नु आवश्यक थिएन । एमाले फुटनुमा कार्यकर्ताको दोष छैन”, भनिन् । मुख्यमन्त्री शाक्यले प्रदेश सरकार विपद् व्यवस्थापन कोष स्थापना गरेर बाढीपहिरामा परेकालाई सहयोग उपलब्ध गराइरहेको जानकारी दिदैं आफूहरुले मन्त्रीको आचारसहिंता बनाएर काम गरिरहेको पनि उनले बताईन् ।

 

त्यस्तै उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कार्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छन्।

बागमती प्रदेशकी मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडानसमेत राखेकी छन्।

 

बुधबार काठमाडौंमा आयोजित एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा उनले वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आए पनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताइन्।

 

एमालेले पार्टीको वडा तथा पालिका अधिवेशन देशभर एकैदिन गर्ने गरी निर्देशन जारी गरिसकेको बेला उपाध्यक्ष शाक्यले हतार गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिएकी हुन्। उनले आफूले पार्टीभित्र समूहगत स्वार्थ छिराउन नचाहेको पनि पटकपटक दोहोर्‍याइन्।

 

‘अब ६ गतेदेखि वडा तहमा एकैचोटी अधिवेशन, पालिकाहरुको अधिवेशन भन्ने कुराहरु निर्देशनमा आइसकेको छ। सम्पूर्ण कमरेडहरु त्यसका लागि तयार हुनै पर्दछ। त्यतिमात्र होइन वडा कमिटीको अधिवेशन, पालिकाको अधिवेशन भनेको केन्द्रीय कमिटीको महाधिवेशनभन्दा पनि महत्वपूर्ण छ भन्ने मैले ठानेको छु। किनभन्दा खेरी यो हाम्रो आधार हो, हाम्रो धरातल हो।

 

वडा अधिवेशन भनेको हाम्रो टेक्ने धरातल हो। हाम्रो पाइला कस्तो ठाउँमा राख्ने रु कहाँ राख्दाखेरी बलियो हुन्छ रु भन्ने कुराहरु सोच्ने बेला आएको छ’ उपाध्यक्ष शाक्यले भनिन, ‘त्यसैले पालिका र वडा अधिवेशन यो सामान्य हो, केही पनि होइन र हतारहतारमा गरिहालौं, जोसुकै नेतृत्वमा आए पनि हुन्छ भन्ने पक्षमा म चाहिँ छैन किनभने यो हाम्रो टेक्ने धरातल भएको हुनाले यहाँ समूहगत स्वार्थ छिर्न दिनुहुँदैन। मैले समूहगत स्वार्थ भनिराखेको छु। पार्टीभित्र यो पनि हावी भएको छ। समूहगत स्वार्थ छिर्न दिनु हुँदैन। व्यक्तिगत स्वार्थ छिराउनु हुँदैन। आफ्नो पारिवारिक स्वार्थदेखि अनेकौं स्वार्थहरु हावी भइराखेको छ। यसो हुने हो भने पार्टीको वडा तह बलियो हुन सक्दैन। सुदृढ हुन सक्दैन।’

 

उपाध्यक्ष शाक्यले पार्टीलाई गुटमुक्त बनाउनुपर्ने आवश्यकता औंल्याइन्। समाजवादको लक्ष्य प्राप्त गर्न र सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न पनि एमाले गुटमुक्त हुनुपर्ने उनको तर्क थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा