शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

पहिरो पिडितका लागि देउवा सरकार बन्यो भगवान, गर्यो यस्तो बोल्ड निर्णय !


  • बुधबार, कार्तिक ३ २०७८
13.3K
SHARES

फाईल तस्बिर

आज बसेको मन्त्रिपरिषद बैठक सकिएको छ। देउवा सरकारले बाढी पहिरो पिडितका पक्षमा बोल्ड निर्णय गरेको छ । बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको हो ।

 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एकैघरमा एक जनाको मृत्यु भएको भए २ लाख, २ जनाको मृत्यु भएको भए ३ लाख र ३ जनाको मृत्यु भएको भए ४ लाख दिने निर्णय भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले सिंहदरबारमा बसेको बैठकले मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको बताए ।

 

उनले एकैघरमा एक जनाको मृत्यु भएको खण्डमा २ लाख र एक भन्दा धेरैको मृत्यु भएको भए थप एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको बताए ।

 

यस्तै घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको छ । बैठकले राहत र उद्दारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको बताउँदै श्रेष्ठले त्यसका लागि राज्यका सबै संयन्त्र परिचालन हुने बताए । यस्तै सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ ।

 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

 

घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा