शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

बाढी-पहिरोमा मृत्यु भएकाका परिवारले २ लाख पाउने


  • बुधबार, कार्तिक ३ २०७८
9K
SHARES

फाइल तस्विर

अबिरल वर्षाको आएको बाढी तथा पहिरोमा परी मृत्यु भएकाका परिवारलाई सरकारले कम्तीमा दुई लाखका दरले आर्थिक सहयोग दिने निर्णय गरेको छ ।

 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र सोही परिवारका थप सदस्यको मृत्यु भएमा मृतक प्रति सदस्य थप एक लाख रुपैयाँका दरले अतिरिक्त रकम दिने निर्णय गरेको हो ।

 

सिंहदरबारमा बसेको बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको छ । बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको र त्यसका लागि राज्यका सबै संयन्त्र परिचालन गर्ने निर्णय गरिएको बताइएको छ ।

 

आजै बसेको विपद् व्यवस्थापन समिति बैठकले सरमेत घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा