काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको आजको भाषणपछि नेकपा एमालेका नेताकार्यकर्ताहरुको आट ह्वात्तै बढाएको छ । सरकारमा नेतृत्व गरिरहेको पार्टीका वरिष्ठ नेता पौडेलले प्रमुख प्रतिपक्षी नेकपा एमाले कमजोर नबनेको र चुनावमा एक्लै जित्न कठिन हुने ठोकुवा गरेका हुन् ।
धादिङमा भएको एक कार्यक्रममा माधवकुमार नेपाल समूह चोइटिए पनि एमाले कमजोर नभएको वरिष्ठ नेता पौडलले बताएका हुन । त्यस क्रममा उनले नेकपा एमाले नफुटेसमेत जिकिर गरे ।
‘एमालेसंगको चुनावी प्रतिस्पर्धा सामान्य छैन, एमाले अझै कमजोर छैन, एमाले सिंगै छ, फुटेको छैन । सशक्त प्रतिस्पर्धा छ,’ शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले एमालेसँग लड्न नसक्ने दाबी गर्दै पौडेलले भने, ‘त्यसका लागि कांग्रेस कस्तो हुनुपर्ने हो ? कति सक्षम हुनुपर्ने हो ? यस्तै खिचिमिची अवस्थाले एमालेसँग लड्न सकिँदैन ।’
कांग्रेसका वरिष्ठ नेता पौडेललाई पराजित गर्ने किसान श्रेष्ठलाई नै देउवाले श्रम मन्त्री बनाएपछि पार्टी भित्रको आन्तरिक रडाको झनै चर्किएको छ । एक कार्यक्रममा बोल्दै पौडेलले एमाले पार्टी सिंगै रहेको समेत दावी गरे । त्यस्तै, एमालेसँग कांग्रेसको सशक्त प्रतिस्पर्धात्मक लडाइँ हुने पौडेलले बताए ।
एमाले सँग लड्न कांग्रेस सक्षम भएर अघि बढ्नुपर्नेमा समेत उहाले जोड दिए । एमाले सँग त्यस्तै किजीमिचिको कांग्रेसले लड्न नसक्ने पौडेलले टिप्पणी गरे ।
नेपाली कांग्रेस लोकतन्त्रको पहरेदार बनेर जनताको भरोसाको केन्द्र बनाउन पर्ने आजको आवश्यकता रहेको कांग्रेस बरिस्ठ नेता पौडेलले बताए ।