शनिबार, साउन ३० २०८३
ताजा अपडेट

बामदेवलाई भेटेर फर्कने वित्तिकै रामकुमारी झाँक्रीले गरिन् अचम्मको घोषणा


  • बुधबार, कार्तिक ३ २०७८
12.3K
SHARES

फाईल तस्बिर

काठमाडाैँ । न त एमाले न त समाजवादी बनेर बसेका नेता बामदेव गौतमको हातबाट दशैँको टिका लगाएर फर्किए पछि शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अचम्मको घोषणा गरेकी छिन् ।

२०५४ सालमा एमाले फुटाएका बामदेव गौतमले त्यस बेला एमालेलाई पत्तासाफ पार्छौ भन्ने भाषण निकै जोडतोडले गर्ने गरेका थिए त्यस बेला पनि एमाले फुटाएर मालेमा लागेकी झाँक्रीले अहिले त्यहि खालको घोषणा गरेकी छिन् ।

उ बेला ठूलो तामझामले एमाले फुटाए पनि अन्तिममा सानदार जिरो सिटमा तत्कालिन माले खुम्चिएको थियो । एमाले फुटाएर बनेको नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा एस पार्टीले २८ लाख मत ल्याउँने दाबी गरेकी छिन् ।

झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको बताएकी छन् । आज गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले जनतालाई धोका दिएर केही नेताहरु एमालेको घरमा दास बन्दै गरेको आरोप लगाएकी हुन् ।

संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिए पनि केपी ओलीले संविधानलाई नै मिचेको उनको आरोप थियो । एउटा व्यक्तिको सनकको भरमा पटक–पटक संसद् विघटन गर्ने प्रथाको आफूहरुले विरोध गरेको उनको भनाइ थियो ।

यसो गर्दा ओलीको नजरमा आफूहरु नराम्रो भएकाले त्यहाँबाट निस्केर छुट्टै कम्युनिष्ट पार्टी स्थापना गरेको उनले बताइन् । अहिलेको कम्युनिष्ट पार्टीमा सबै अट्नसक्ने उनको जिकिर थियो । आफूहरुले लगातार निर्वाचन जिते पनि उपलब्धि धेरै नभएकाले अब परिणाम देखिने गरी काम गर्नुपर्नेमा उनले जोड दिइन् ।

फरक प्रसङ्गमा नेत्री झाँक्रीले आफूहरुले पार्टी निर्माणको तीन महिने अभियान चलाउने जानकारी दिए । तीन महिनासम्म देशभरबाट कम्तीमा सात लाख सङ्गठित सदस्य बनाउने उनको दाबी थियो । प्रत्येक सङ्गठित सदस्यले निर्वाचनमा परिवारको मात्रै पनि चार भोट ल्याएमात्रै देशभरबाट नेकपा ९एकीकृत समाजवादी०को पक्षमा कम्तीमा २८ लाख भोट पार्टीलाई प्राप्त हुने र त्यसपछि नेकपा एमाले बिलाएर जाने उनले बताइन् ।

प्रत्येक सङ्गठित सदस्यले एक दिन पार्टीका लागि काम गर्ने र बाँकी छ दिन आफ्नो लागि काम गर्ने गरी योजना पार्टीले बनाएको उल्लेख गर्दै उनले पार्टीको हरेक कमिटीमा कम्तीमा ५० प्रतिशत महिला र ४० प्रतिशत ३० वर्षमुनिका युवालाई समावेश गरिने बताइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा