शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बैंकको ऋण तिर्न नसक्दा ६ वटा उद्योगको सम्पति लिलाम


  • बुधबार, कार्तिक ३ २०७८
11.4K
SHARES

काठमाडौँ – बैंकको ऋण तिर्न नसकेपछि ६ वटा उद्योग तथा पसल लिलाम भएका छन् । राष्ट्रिय वाणिज्य बैंकले कर्जा चुक्ता नगर्ने ६ वटा उद्योगलाई लिलाम विक्रि गर्न सूचना निकालेको छ ।

बैंकका विभिन्न ५ वटा शाखाबाट ऋण लिएर म्यादभित्र कर्जा चुक्ता नगर्ने तथा लिखित र मौखिक ताकेता गर्दा समेत कर्जा चुक्ता नभएकोले सम्पति लिलाम गरेको बैंले जनाएको छ ।

गोर्खापत्रका सूचना प्रकाशित गर्दै बैंकले ३५ दिनपछि ५० औं दिनसम्म गोप्य शिलवन्दी बोलपत्र पेश गर्न अनुरोध गरेको छ ।

बैंकले प्रकाशित गरेको सूचनामा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकमा सम्पर्क गरी सम्पूर्ण साँवा तथा व्याजको चुक्ता गर्ने अघिल्लो दिनसम्मको व्याज र अन्य दस्तुरसमेत चुक्ता गरी धितो सम्पत्ति फुकुवा गराई लिनुहुन ऋणीहरुलाई आग्रह गरेको छ ।

‘साथै यस सूचना बमोजिम लिलाम बिक्री हुन् नसकेका धितो सम्पत्ति बैंकको अनुकुल समयमा बैंक आफैले सकार गरिलिन सक्ने वा ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ।’ बैंकको सूचनामा भनिएको छ ।

यो सूचना बमोजिम ३५ दिनभित्र चुक्ता नभएका कर्जाहरुको बैंकमा धितो रहेको सम्पत्ति सकार गरिलिन इच्छुक महानुभावहरूबाट यो सूचना प्रकाशित भएको मितिले ३६ औं दिनदेखि ५० औं दिनभित्र सम्बन्धित शाखा कार्यालयमा कार्यालय समयभित्र आइपुग्ने गरी निवेदन दिन आह्वान गरेको छ ।

बैंकले प्राप्त बोलपत्रहरू बोलपत्र प्राप्त भएको कार्यालयमा ५१ औं दिन वा सो दिन बिदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनमा दिनको २ः०० बजे खोलिने जनाएको छ ।

बैंकले उक्त दिन बोलपत्रदाता वा आधिकारिक प्रतिनिधि उपस्थित हुन् भनेको छ । तर बोलपत्रदाताको अनुपस्थितिले बोलपत्र खोल्न कुनै बाधा नपुग्ने बैंकले जनााएको छ ।

लिलाम हुनेमा केदार किमडस्वरी खाद्य उद्योग कैलाली, पोखरा गुरूङ्ग गेष्ट हाउस, लापु लक्की गेष्ट हाउस एण्ड रेष्टुरेन्ट गोर्खा, सिद्धिदर्शन प्लाष्टिक उद्योग धादिङ, पर्वत सुज सेण्टर धनकुटा र न्यू शिखर शु सेण्टर धनकुटा रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा