शनिबार, साउन ९ २०८३
ताजा अपडेट

माधव नेपालको पार्टीमा पुण्य गौतमले पाए यति ठूलो जिम्मेवारी


  • मंगलबार, कार्तिक २ २०७८
16K
SHARES

फाइल तस्विर

काठमाडौँ – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले सामाजिक संजालमा भाइरल पुण्य गौतमलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ ।

फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा सर्वाधिक लोकप्रिय पुण्य गौतमलाई नेकपा एसले केन्द्रीय सदस्य बनाएको छ ।

गौतम नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटिमा चयन भएका हुन् ।

गौतमले आफू नेकपा एसको केन्द्रीय सदस्य बनेको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत बताएका छन् । गौतमले आफूलाई केन्द्रीय कमिटिमा मनोनयन गरेकामा पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव नेपाललाई धन्यवाद दिएका छन्।

आफ्नो फेसबुक स्टाटसमा उनले लेखेका छन्, ‘मलाई नेकपा एकीकृत समाजवादीको केन्द्रिय स।कमिटी सदस्यको जिम्मेवारी दिनुभएकोमा श्रद्धेय अध्यक्ष एवं सम्माननिय पुर्व प्रधानमन्त्री क।माधव नेपाल र हाम्रो पार्टीप्रती हार्दिक आभारी छु ।’

फेबसकु, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जाल चलाउने प्रयोगकर्तामध्ये उनलाई नचिन्ने सायदैं होलान् ।

तत्कालिन समयमा उनलाई नेकपा एमालेको केन्द्रीय सदस्य बनाईएको र अन्तिममा समयमा नाम काटिएको चर्चा पनि हुने गर्दछ । उसो त गौतम राजनीतिक विश्लेषकका रुपमा चिनिन्छन् ।

पीएचडी स्कलर भन्दै चर्चामा आएका गौतम पछिल्लो समय साना साना विषयमा पनि बोल्न थालेपछि आफ्नो राजनीतिक हैसियत गुमाएका थिए ।

नेपालमा भएको ससस्त्र जनयुद्धमा माओवादी बनेका उनी शान्ति प्रक्रियामा आएपछि मणि थापा नेतृत्वको नेकपा (क्रान्तिकारी)का केन्द्रीय सदस्य बनेका थिए । पछिल्लो समय बरालिएर एमाले बनेका उनी जिम्मेवारी विहिन थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा