आफुसँग पैसा नभएकै कारण मन्त्री बन्न सकिन भन्दै रुवाबासी गर्दै हिँडेका मेटमणी चौधरी फेरी पार्टी काममा सक्रिय हुन थालेका छन् ।
मन्त्रीपरिषदले पुर्णता पाए पछि पार्टी काममा खासै जाँगर नचलाई मिडियाबाजी गर्दै हिडेका चौधरी सांगठनिक काममा सक्रिय हुन थालका छन् । केपी ओलीलाई चर्को गाली गरेरनै चर्चामा चौधरी केहि समययता नरम भएमा थिए । फेरी उहि पारा देखाउँन थालेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले केपी ओलीका कारण कम्युनिस्ट पार्टी पुनः गठन गरेको दावी गरेका छन् ।
एकीकृत समाजवादी गुल्मीको प्रथम भेलालाई सम्बोधन गर्दै नेता चौधरीले केपी ओलीले नेतृत्व गरेको पार्टीले कम्युनिस्ट आन्दोलन समाप्त गर्न थालेपछि नेपालमा कम्युनिस्ट पार्टीको रुपमा एकीकृत समाजवादी गठन गरेको बताए ।
उनले नेपालमा रहेका कम्युनिस्ट पार्टीहरुसँग एकता गर्दै कम्युनिस्ट पार्टीको नेतृत्व समेत एकीकृत समाजवादी पार्टीले गर्ने दावी गरे । प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरीले केपी ओली पार्टीले आगामी निर्वाचनमा जनतासँग मत माग्ने नैतिकता समेत गुमाएको आरोप लगाए । अब केपी ओलीले नेतृत्व गरेको पार्टी चुनावमा हामीलाई विजयी बनाएर पठाउनुस् हामी पटक–पटक संसद विघटन गरेर देखाउँछौ भन्दै भोट माग्छन त, उनले भने ‘त्यसकारण केपी ओलीको पार्टी नेपालवाट छिट्टै विलय भएर जान्छ ।’
उनले कम्युनिस्ट पार्टीको नाम बेचेर झापाबाट पटक–पटक निर्वाचन जित्ने केपी ओलीले अबको निर्वाचनमा झापाबाटै चुनाब जितेर देखाउन चुनौती दिए । कार्यक्रममा पार्टीका केन्द्रीय सचिवद्वय भागवत विश्वासी, रामकुमारी झाँक्री, केन्द्रीय सदस्य राज्यलक्ष्मी गैरे, लुम्बिनी प्रदेश मन्त्री रमा घर्ती लगायतले वोलेका थिए ।