शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

भेट्टिए २००० वर्ष पुरानो मानिएको प्रतिमा ‘राम र हनुमान’


  • बिहिबार, असार १२ २०७६
23.4K
SHARES

इराकको होरेन शेखान क्षेत्रमा भगवान रामको एउटा सुन्दर प्रतिमा फेला परेको छ । इसापूर्व २००० वर्ष पुरानो मानिएको उक्त प्रतिमा हेर्न भारतीय टोली हालैमात्र होरेन शेखान पुगेको थियो। भगवान रामसम्बन्धी अध्ययन गर्ने अयोध्या शोध संस्थानले उक्त प्रतिमा भगवान रामकै भएको जनाएको छ।

होरेन शेखान क्षेत्रको दरबान्द–इ–बेलुला नामक पहराको ढुंगामा प्रतिमा कुँदिएको छ। यसमा छाति खुला राखेको राजाले एउटा धनुष, खोक्रोभरी बाण र कम्मरपेटीमा घुसारिएको अवस्थामा तरबार बोकेको देखिन्छ। सामुन्नेमा अर्को प्रतिमा पनि छ।

अध्याय शोध संस्थानका निर्देशक त्यसलाई भगवान रामका अगाडि हात फैलाइरहेका भक्त हनुमान मान्दछन्। इराकी विद्वानचाहिँ त्यसलाई पहाडी आदिवासीका प्रमुख मान्छन्। इराकका अन्य स्थानमा पनि भेटिने यस्तै चट्टानी कलामा राजा र उनीप्रति याचनाशील कैदीका आकृति समेटिएको पाइन्छ।

इराकका लागि भारतीय राजदूत प्रदीपसिं राजपुरोहितले अध्योया शोध संस्थानको अनुरोधमा उक्त प्रतिमा हेर्न टोली लगेका थिए।  ‘उक्त क्षेत्रमा रामका चिन्ह फेला परेको कथन छन्। तर यसपटक चाहिँ हामीले भौगोलिक रुपमै त्यसलाई अवलोकन गर्न सक्यौं।

यसका आधारमा भारतीय तथा मेसोपोटामियन सँस्कृतिबीचको सम्बन्ध केलाउन मद्दत मिल्छ,’संस्थानका निर्देशक योगेन्द्र प्रताप सिं भन्छन्।सिंले टाइम्स अफ इण्डियासँग कुरा गर्दै भने–‘उक्त कलाकृतिमा भएको राजा र बाँदर हेर्दा हामीलाई राम र हनुमान भएको विश्वास हुन्छ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा