दसैँको अवधिमा सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दसैँको घटस्थापनपछि कात्तिक १ गतेसम्म दुर्घटनाका कारण १६१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार फूलपातीको दिन मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भयो ।
नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिले संचालन गरेको भे.१ख ३१६७ नम्बरको बस जुम्ला–मुगु सडक खण्डको पिनातपने खोलामा पल्टेको थियो । यसैगरी दसैँको अवधिमै कास्कीमा जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाए । अन्नपूर्ण गाउँपालिका–१० स्थित घान्द्रुक नजिकै ग १ ज ६९०० नम्बरको जिप दुर्घटना भएको थियो ।
सोही अवधिमा काठमाडौं उपत्यकामा दसैँ अवधिभरमा ३०८ वटा दुर्घटना भएका छन् । जसमा ३ जनाले ज्यान गुमाएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।