शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

आज र भोली सार्वजनिक विदा दिने सरकारको निर्णय


  • मंगलबार, कार्तिक २ २०७८
15.5K
SHARES

काठमाडौँ – सरकारले आज र भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सोमबार बसेको बैठकले मोहम्मद जयन्तीका अबसरका कार्तिक २ गते अर्थात आज सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सरकारले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिइने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

त्यस्तै, कर्णाली प्रदेश सरकारले कार्तिक ३ गते (भोली) सार्वजनिक विदा दिने भएको छ ।

विजया दशमीको टीका–जमरा ग्रहण गर्ने अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको अवसरमा कात्तिक ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकाशित गर्दै प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

त्यस्तै, संघिय मन्त्रीपरिषद् बैठकले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले फुटबल टोलीका प्रशिक्षकहरूलाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा