शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

बाढीका बीच कञ्चनपुरको महाकाली टापुमा पाँच जना फसे


  • मंगलबार, कार्तिक २ २०७८
7.3K
SHARES

फाइल तस्विर

आइतबार रातिदेखिको अबिरल वर्षाका कारण महाकाली नदी र स्थानीय खहरे खोलामा बाढी आउँदा कञ्चनपुरको महाकाली टापुमा ५ जना फसेका छन् । भिमदत्त नगरपालिका–९ को खल्ला मसेनी क्षेत्रमा रहेको टापुमा ५ जना फसेका हुन् ।

खहरे खोला र महाकाली नदीको बीच बनेको टापुमा ५ जना फसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले रातोपाटीलाई जानकारी दिए । उनीहरुको उद्धारका लागि नेपाली सेना र प्रहरीको टोली परिचालन भएको छ ।

‘महाकाली र खहरे खोलामा आएको बाढीले घेरिएर ५ जना फसेको भन्ने छ’ उनले भने, ‘उद्धार गर्न पनि कठिन छ । पहिल्यैदेखि त्यहाँ एक स्थानीयले कुखुरा फारम खोलेको र त्यहाँ आवत जावत गर्दै आएको जानकारी प्राप्त भएको छ ।’

बाढीका कारण भिमदत्त नगरपालिका र दोधारा चाँदनीको तटीय क्षेत्रका सबै बस्ती डुबानमा परेका छन् । घर–घरमा पानी पसेको तर क्षतिको विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक न्यौपाने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा