शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

देउवाले भारतलाई लोप्पा खुवाइदिए


  • सोमबार, कार्तिक १ २०७८
17.5K
SHARES

फाइल तस्विर

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतलाई लोप्पा खुवाइदिएका छन् । नेपालमा प्रधानमन्त्री भएपछि पहिलो अन्तराष्ट्रिय भ्रमण भारत गर्ने चलनलाई ब्रेक गरेर देउवाले भारतलाई लोप्पा खुवाइदिएका हुन् ।

यसअघि प्रधानमन्त्री भएका झलनाथ खनालले तेश्रो देशमा पहिलो भ्रमण गरेका थिए । पहिलो पटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले पनि पहिलो भ्रमण चीनको गरेपनि आफ्नो औपचारिक पहिलो भ्रमण भारत भएको बताएका थिए ।

यस अघि प्रधानमन्त्री भएका बखत देउवाले पनि पहिलो पटक भारतकै भ्रमण गर्ने गरेका थिए । तर यस पटक भने संयोगले भनौँ या परिस्थितीले प्रधानमन्त्री देउवाको भ्रमण भारत नभएर युरोपेली देश हुन लागेको छ।

देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्डमा हुने भएको छ । स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी वल्र्ड लिडर समिटमा उनी सहभागी हुनेछन् ।

आज बसेको मन्त्रीपरिषद वैठकले देउवाको नेतृत्वमा उक्त सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । ग्लास्कोमा आगामी ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म ‘कोप २६ समिट’ आयोजना हुँदैछ ।

उक्त समिटमा अमेरिकाका राष्ट्रपति जोय बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका चर्चित नेताहरु सहभागी हुनेछन् । विश्वव्यापी जलवायू संकटलाई सम्वानेधन गर्ने कोप २७६ को लक्ष्य रहेको छ ।

सम्मेलनमा २० देखि २५ हजार जनाको सहभागिता रहने बताइएको छ । इण्डीयन सरकारले आफ्नो दादागिरीनै देखाउँन भए पनि कुनै पनि नेपाली प्रधनमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमण इण्डीयानै गरुन भन्ने चाहना राख्दै आएको छ । तर देउवाले भने इण्डीयाको त्यो चाहनालाई यस पटक पुरा हुन नदिने भएका छन् ।

एक समय तत्कालिन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले पनि आफ्नो पहिलो विदेश भ्रमण चिनमा गरेका थिए । त्यसबेला प्रचण्ड पहिलो पटक चिन गए पछि इण्डीया नमज्जा सँग रिसाएको थियो ।

ओलम्पीकको उद्घाटन समारोहमा भाग लिन चिन पुगेका प्रचण्डले पछि आफ्नो राजनितिक भ्रमणको सुरुवात भने इण्डीया बाटनै हुने भनेर प्रष्टीकरण समेत दिएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा