आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

बजार घट्दा पनि ४ कम्पनीका लगानीकर्ता मालामाल


  • सोमबार, कार्तिक १ २०७८
8.2K
SHARES

फाइल तस्विर

काठमाडौं – साताको दोश्रो दिन सोमबार सेयर बजारमा ठूलो गिरावट आएको छ । बैंकहरु ब्याजदर बढाएपछि बजार ओरालो लागेको हो ।

बैंकिङ क्षेत्रमा तरलता अभाव हुँदा अहिले बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् । निक्षेपको ब्याजदर पछिल्लो तीन वर्ष यताकै उच्च देखिएको छ ।

 

यसको नकरात्मक असर अनुरुप शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ ।

सोमबार नेप्से परिसूचक ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५ सय ८७ दशमलव ४५ अंकमा झरेको छ ।

उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४३ अंकले घटेको छ ।
झण्डै तीन अर्वको कारोबार भएको छ ।

 

दिनभर भएका ४० हजार ४ सय १ कारोबारबाट ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँमा रोकिएको छ ।

समग्र बजार घटिरहँदा ४ ओटा कम्पनीमा भने हरियाली छाएको छ । महालक्ष्मी विकास बैंक, साल्र्ट टेड्रिङ, साञ्जेन जलविद्युत कम्पनी र युनिलिभर नेपालका लगानीकर्तालmे कमाएका छन् ।

 

महालक्ष्मी झण्डै दुई प्रतिशतले बढेको छ । कम्पनीको सोमबार अन्तिम कारणबार ११ रुपैयाँ ६० पैसा बढेर ५ सय ९४ रुपैयाँ ६० पैसा भएको थियो ।

 

त्यस्तै, साल्र्ट टेड्रिङ ८३ रुपैयाँ बढेर ७ हजार ८ सय ८९ पुगेको छ भने साञ्जेन जलविद्युत कम्पनीको दुई रुपैयाँ बढेको छ । युनिलिभर ८५ रुपैयाँ बढेर १८ हजार ९ सय ९९ पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा