शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

यस्तो छ आजको मौसम पूर्वानुमान


  • बिहिबार, असार १२ २०७६
24.7K
SHARES

फाईल तस्बिर

देशभर मनसुन सक्रिय भएकाले बिहीबार अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार मध्य र पूर्वको तुलनामा पश्चिमको थोरै ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिए । उनका अनुसार मनसुनी गतिविधिका कारण देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना देखिएको हो ।

मनसुनी गतिविधि सक्रिय हुँदा काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका केही स्थानमा बिहीबार बिहानैदेखि हलुका वर्षा भैरहेको छ । केही स्थानमा भने पानी पर्न रोकिएको छ ।

मौसमविद् पोखरेलका अनुसार मध्य र पूर्वका केही स्थानमा दिउँसोसम्म नै पानी पर्ने र रोकिने क्रम भैरहन्छ । पश्चिमको मौसम भने दिउँसोपछि खुल्ने उनको अनुमान छ ।

पश्चिममा पोखरा आसपासको क्षेत्रमा पानी पर्ने सम्भावना पनि रहेको छ । तर देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको उनले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा