शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

काठमाडौँ हल्लिनेगरी फेरि लगातार भूकम्पका २ धक्का


  • सोमबार, कार्तिक १ २०७८
12.3K
SHARES

फाइल तस्विर

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको पाङफुङ केन्द्रबिन्दु भएर आज सोमवार दिउँसो लगातार २ वटा भूकम्पको धक्का महसुस गरिएको छ ।

 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ः४६ बजे र १ः५६ बजे समान ४.७ म्याग्निच्युडको भूकम्प गएको छ ।

 

भूकम्पको धक्का आसपासका जिल्लाहरूसहित काठमाडौं उपत्यकामा पनि महसुस गरिएको छ । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।

 

यसअघि हिजो आईतवार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा