सरकारले यो दसैँमा पाँच लाख गरिब परिवारलाई राहत दिने राम्रो घोषणा गरेको थियो। तर, अहिलेसम्म राहत रकमको विषयमा निमुखा गरिबलाई पत्तै छैन । सरकारले गरिबलाई राहत दिने आशा देखाएर हावादारी कुरा गरेको पुष्टि भएको छ ।
सरकारी घोषणापछि राहतको रकमले दसैँ मनाउने योजना बनाएका गरिब परिवार राहत नपाएपछि निराशा भएका छन् । सरकार आँखामा पट्टी लाएर घोषणा गर्ने तर निमुखा गरिबलाई आस देखाएर निराश पार्न उद्धत छ ।
सरकारले आफ्नो तयारी राम्रो नगरी तयारी र योजनाबिनै गरिएको गरिबलाई सहयोग गर्ने घोषणाले लक्षित परिवारलाई आस देखाएर निराशा पारेको छ ।
सरकारी घोषणापछि कोभिड–१९ का कारण आर्थिक सङ्कटमा परेका परिवारले त्यस्तो राहत पाइएला अनि चाडबाड मनाउला भनेर बसेका परिवारको दसैँ खल्लो भएको छ ।
सरकारले निमुखा जनतालाई राहत दिने त भन्यो तर छनोट र राहत वितरणमा अपनाउनुपर्ने प्रक्रियाका कारण समयमा राहत वितरण हुन नसकेको एक अधिकारी बत्ताउँछन् । अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार त्यस्तो राहत वितरण गर्न बनेको कार्यविधि मन्त्रिपरिषद्मा पुगेर अड्किएको छ । हतारमा गरिएको निर्णयले गर्दा समयमै राहत वितरण गर्न नसकिएको उनको भनाई छ ।
एक एमाले नेता भन्छन् सरकारले पपुलर बन्नका लागी हावादारी योजना जनतालाई सुनायो तर गरिबको पहिचान गर्ने आधार सरकारले तयार गर्न सकेन । परमादेशको सरकारले नचाहिने हावादारी कुरा गरेर जनतालाई अलमल्याउन लागेको उनको जिकिर छ । आफ्ना कार्यकर्ताको पेट भर्ने काम गर्न खोजेको उनको दाबी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।