आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

एमाले नेता सुवास नेम्वाङ जाँड खाएर मातेपछि…


  • सोमबार, कार्तिक १ २०७८
15.3K
SHARES

फाईल तस्बिर

काठमाडौँ – इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले नेकपा एमाले नेता सुवास नेम्वाङको पोल खोलिदिएका छन् । एउटा टेलिभिजन अन्तरवार्तामा उनले नेम्वाङको पोल खोलेका हुन् ।

हक्कि र निडर स्वभावका चौधरीले नेम्वाङ कयौँ पटक जाँड खाएर मातेपछि लडेको किस्सा सुनाएका छन् । नेताहरु आएको बेलामा आफूले स्वागत गर्ने भन्दै उनले झलनाथ खनालको पनि पोल खोलेका हुन् ।

जाँड रक्सी खान परे धरानको जिरो प्वाइन्टमा गएर रिल्याक्स गर्ने गरेको बताउँदै खनाल र नेम्वाङले अत्याधिक खाने गरेको बताए ।

‘खानपिन गर्नपरे १८–२० किलोमिटरमाथि धरानको जिरो प्वाइन्ट गयो । खाजा साजा खायो, फकियो’ उनले भने, ‘पिनपान पनि जातले पाएको, हातले थाप्यो क्या । म थारुको छोरा । म ढल्नेगरी कहिल्यै खान्न ।’

‘मत के छ भने सुवास नेम्वासँग मैले संगै खाँए ।’ एक दिनको किस्सा सुनाउँदै उनले भने, ‘झलनाथसँग पनि संगै खाँए । उहाँहरुले पनि पिउनु भयो मैले पनि पिएँ । फेरी मैले बोलिहाँले भन्दिहाले…’

‘ढल्ने गरीकन हैन क्या !’ खाएर मात्दै ढल्नुहुन्छ रे भन्ने प्रस्तोताको प्रश्नमा चौधरीले भने, ‘मेरोमा म बोलाउँछु साथीहरुलाई । खाँदा खाँदै साथीहरु कहिलेकाँही ढल्नुहुन्छ क्या । म चाँही ढल्दिन साथीहरु ढल्नुहुन्छ ।’

पिनपानको पैसा आफ्ना तलवबाट व्यवस्थापन गर्ने गरेको बताए ।

‘कहिले साथीहरुले घरमा ल्याएर छोडिदिने रहेछन् ।’ एपी वान टेलिभिजनका ग्लामर गफमा उनले भने, ‘मेरो बुढी सोझी छ । उपहार हो भनेर घरमा छोडिदिदा रहेछन् । त्यो पनि खान्छु । मेरो तलव र भत्ताबाटै व्यवस्थापन हुन्छ ।’

चौधरीले चुनावको खर्च पनि आवश्यकता अनुसार गरेको बताएका छन् । ‘मैले यति खर्च गरेर उति गरे भनेर किन भन्नु । आवश्यकता अनुसार खर्च गरेको छु । त्यो अरु नेताले भनेका छन्र मैले भन्नु ?’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा