दाङ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अत्यन्तै दुःद खवर सुन्न परेको छ । उनका आफ्नै कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरेपछि उनलाई तनाव भएको छ ।
एमाले नेता शंकर पोखरेलले दशैंकै बीचमा कांग्रेस, माओवादी र जनमोर्चाका झण्डै एक हजार भन्दा बढी नेता कार्यकर्ता एमाले भित्र्याएका छन् ।
दशैंको अवसरमा एक सातादेखि गृहजिल्लामा रहेका पोखरेलले सो संख्यामा अन्य पार्टीका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराएका हुन् ।
पछिल्लो समय दाङको भालुबाङमा आयोजित दशै मिलन कार्यक्रममा दुई सय भन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । राप्ती गाउँपालिका वडा नम्बर १ को आयोजनामा भव्य कार्यक्रमबीच दशै मिलन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि रहका एमाले स्थायी कमिटी सदस्य एवं लुम्बिनीका प्रथम मुख्यमन्त्री शंकर पोखरेलले उनीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा संघीय माननीय गंगा चौधरी र शान्ता चौधरीको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य सुजिता शाक्य, लुम्बिनी प्रदेश सांसद रेवती रमन शर्मा, नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, एमाले दाङका सचीव मनोहर बुढाथोकी, देउखुरीका इन्चार्ज नारायण डाँगी, प्रदेश कमिटिका सदस्य नरेन्द्र ओली लगायतका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा एक अर्काबीच दशैको शुभकामना आदानप्रदान गरिएको थियो। त्यस्तै, २ सय जना एमालेमा प्रवेश गरेका थिए। नव प्रवेशीलाई खादा लगाएर भव्य स्वागत समेत गरिएको थियो।
नव प्रवेशीहरु पार्टी प्रवेश गर्दा निकै उत्साहित देखिन्थे। एमाले नै देश विकासको भरोसा भएकोले एमालेमा प्रवेश गरेको भन्ने नव प्रवेशीहरुको धारणा थियो।
एमाले प्रवेश गर्नेमध्येमा कांग्रेसका कर्ण केसी, जनमोर्चाका रामबहादुर केसी र माओवादीका चुमान सिङ खत्रीले नेतृत्व गरेका थिए ।