खोटाङ – भिरबाट लडेर एक जना व्यक्तिको ज्यान गएको छ । यो खोटाङको खबर हो ।
संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको भिरबाट लडेर मृत्यु भएको हो । उनी ससुरातीमा दसैँको टिका लगाएर फर्किदै थिए ।
उनी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टीका लगाएर फर्किरहेका थिए ।
शुक्रबार बाम्राङको नंग्रेखोला भिरबाट लडेर राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
राउतको शवलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल दिक्तेल पठाइएको छ ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमै दसैंको टिक लगाएका छन् । संधै बूढानीलकण्ठस्थित आफ्नै निवासमा टिका लगाउने गर्थे ।
तर आए उनले परिवारसँगै दसैं परेर बालुवाटारमै दसैं मनाएका छन् । पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुभ साइतमै परिवारका सदस्यहरुलाई टीका लगनइदिएका छन् ।
अघिल्लो दसैंहरुमा ज्योतिशको हातबाट टिका लगाउने देउवाले यो पटक भने लगाएनन् । उनले ज्योतिशको हातबाट टिका नलगाएपछि अच्चम भएको विश्लेषण हुन थालेको हो ।
उनले ज्योतिशको सट्टा आफ्नै पत्नि आर्जु राणा देउवासँग टिका लगाएका छन् ।