शनिबार, साउन ३० २०८३
ताजा अपडेट

दशैँ : हुनेखानेलाई मोज मस्ती, हुँदा खानेहरूको पिडा हाम्रो देशका राजनीतिज्ञले किन बुझ्दैनन् ?


  • शनिबार, असोज ३० २०७८
14.3K
SHARES

गरिबिको साङ्केतिक फोटो

नेपालीहरूको माहान चाड दशैँ चलिरहेको छ । दशैँ नेपालीहरूको प्रमुख चाड हो । यो चाड सबै हिन्दु नेपालीहरूले आफ्नो  मिठो मसिनो खाएर मनाउँछन् । हुने खानेले त यो चाडलाई मोज मस्तीमै मनाउँछन् । हुनेखानेलाई दशैँ सहज हुन्छ । उल्लास हुन्छ तर हुँदा खाने जमात पनि हाम्रो समाजमा छन् ।

हुँदा खानेहरूको दशैँ खुसी लिएर आउँछ तर रिन बोकाएर बिदा हुने अवस्था सिर्जना हुन्छ । ठुलो सङ्ख्यामा विपन्न भएको हाम्रो जस्तो मुलुकमा आम सर्वसाधारणलाई चाड मनाउन हम्मे हम्मे पर्छ ।

बडो विचित्र छ । हाम्रो देशका राजनीतिज्ञहरू प्रत्येक पटक चुनावमा सपना बाँडेर चुनाव जित्छन् । चुनाव जितेपछि  चिल्ला गाडिमा दौडन्छन् तर आम सर्वसाधारणको समस्यामा मौन जस्तै रहन्छन् । चाड बाड पनि झन्डावाला गाडीमा सफर गरेरै टिका थाप्न दौडन्छन् तर हुँदा खानेहरूले पनि चाडबाड मनाउनु पर्छ उनीहरूलाई सहज हुने नीति अवलम्बन गर्नु पर्छ भन्ने कुरा नेता र नेतृत्वलाई सायदै थाहा छैन ।

राज्यले सुलभ मूल्यका पसल खोल्छ तर सहर लक्षित मात्रै त्यो पनि विपन्नको पहुँच बाहिर मात्रै यसले गर्दा हुदाँ खानेको दशैले रिन बोकाएर बिदा हुन्छ । राज्यको नीति आम सर्वसाधारण लक्षित हुनु पर्ने हो तर त्यस्तो नीति लिए पनि विपन्न वर्गमा पुग्नै नपाई हुने खानेलेनै प्रयोग गर्छन ।

त्यसैले राज्यले हुँदा खाने बर्ग लाई लक्षित गरी दशैँ लक्षित कार्यक्रम ल्याएको भए सर्वसाधारणले पनि खुसी साट्न पाउने कुरा एक जानकार बताउँछ । तर हाम्रा देशका राजनीतिज्ञ आफ्नू पद र प्रतिष्ठाकै लागि मरिहत्ते गर्नाले जनहितमा काम गर्न चुकिरहेको राजनीतिका जानकारहरूको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा