काठमाडौं । साफ च्याम्पियनसिपमा नेपाललाई फाइनल प्रवेश गराउन मेनरोल खेल्ने पर्दा पछाडीका नायक मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुदाइरी सहित नेपाली टिमका सबै सदस्यले दशैं मनाएका छन् ।
साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टिमले दसैँ मनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुदाइरीसहित नेपाली टिमका सबै सदस्यले टीका, जमरा लगाएर दसैँ मनाएका हुन् ।

नेपाली फुटबल दसैँ मनाएको तस्बिरहरू एन्फाले सार्वजनिक गरेको छ । साफ च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरिसकेको छ ।
फाइनलमा नेपालले भोलि राति ८ः४५ बजे भारतको सामना गर्दैछ । नेपाल बंगलादेशसँग बराबरी गरेर फाइलन प्रवेश गरेको छ । भारत आयोजक माल्दिभ्सलाई हराएर फाइनल प्रवेश गरेको हो ।




तस्वीरः एन्फा
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।