शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

सांसद होस् त यस्तो, जसले गरिवको घरमा पुगेर मनाए दसैँ


  • शुक्रबार, असोज २९ २०७८
18.4K
SHARES

सांसद सुदन किराती आफ्नो क्षेत्रबासीसंग दसैँ मनाउदै

भोजपुर – नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद सुदन किरातीले गरिबहरुसँग बसेर दसैँ मनाएका छन् । उनले जिल्लाकै एक दलित बस्तीमा पुगेर दसैँ मनाएका हुन् ।

गृहजिल्ला भोजपुरको रामप्रसादराई गाउँपालिका १ मा पुस्तौंदेखि ‘बालिघरे प्रथा’ मा रहेका दर्जी र विश्वकर्मासँगै बसेर उनले विजया दशमीको खुसी साटासाट गरे ।

टीका कार्यक्रममा उपस्थित भएका दलित वृद्धवृद्धालाई सांसद किरातीले एकसरो कपडा उपहारस्वरूप दिँदै ढोगभेट गरेका छन् ।

ओख्रे निवासी मिठे दर्जी, मनकुमारी दर्जी, धुँवासे दर्जी, बुधमाया दर्जी र पवित्रा विश्वकर्मालाई नयाँ दौरा सुरुवाल र सारीचोलो पछ्यौरी उपहार दिएर ढोगभेट गर्दै मीठोमसिनो दसैँ मनाए ।

‘दसैँमा आफूले वर्षभरी गरेको कामको ज्याला उठाउन सुँगुरको पुच्छर र एकमाना चामल लिन घरघर आउने र आफूले खाएको भाँडा आफैँ धोएर जाने परम्परा थियो’, किराँतीले भने, ‘आज उहाँहरू वृद्ध हुनुभो मेरा बा–आमा जस्तै देखिने उहाँहरूको घर पुगेँ उहाँहरुसँगै सुख दुःखका कुराहरु गर्दै दसैँ मनाएँ ।’

किरातीले गणतन्त्र स्थापना भए पनि गणतान्त्रिक संस्कृति निर्माण हुन नसकेकोमा आफू राजनितिककर्मी भएको नाताले आत्मालोचित भएको बताए ।

‘दलित समुदाय अझै पनि मानिसको दर्जामा समाजमा स्थापित हुन सकेका छैनन् तर संविधानले भने जातीय विभेद र छुवाछुत प्रथा अन्त्य गरेको छ ।’ उनले भने ।

‘यो प्रगतिशील संविधानलाई रक्षा गर्न र व्यवहारतः कार्यान्वयन गर्नको निम्ति पुर्खाहरूले जानअञ्जानमा गरेको छुवाछुतजस्तो जघन्य गल्तीप्रति आत्मपश्चाताप गर्दै माफी मागेको छु’, किरातीले भने ।

आफूले चुनेर पठाएको सांसद घरगाउँमै आएर दसैँ मनाएपछि भावविव्हल हुँदै दलित वृद्धवृद्धाले भने, ‘आफैँले कमाएको विष्टको छोरा आज सांसद भए हामीलाई सम्झेर दसैँ मनाउन आउनुभो हामी खुसी छौँ ।’

उनी काठमाडौंबाट गाँउ जानुअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटेका थिए। उनले प्रचण्डलाई पनि आफ्नो दसैं योजना सुनाएका थिए।

उनले प्रचण्डको समेत शुभकामना लिएर दलित समुदायको बस्तीमा पुगेको बताए। आफैंले जिताएको सांसद आफ्नो घरमा आइपुगेर सँगै दसैं मान्न पाउँदा दलित समुदायका परिवार पनि खुसी भएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा